सुनवल नगरपालिकाको संक्षिप्त परिचय

नेपालको प्रथम बाल मैत्रीपूर्ण नगरपालिका सुनवल तराईमा अवस्थित छ, जसमा नवलपरासी जिल्लाको चुरे क्षेत्रको सानो भाग, उत्तरमा पाल्पा जिल्ला , दक्षिणमा रामग्राम नगर पालिका, पूर्वमा सरावल गाउपालिका , पूर्वोत्तरमा बर्दघाट नगरपालिका तथा गण्डकी प्रदेशको विनयी त्रिवेणी गाउँपालिका र पश्चिममा रुपन्देही जिल्ला रहेको छ । यो नगरपालिका विक्रम सम्बत २०७१ साल ज्येष्ठ ४ गते नेपाल सरकारको स्थानीय प्रशासन अधिनियम अनुसार साबिकका दुई गाविसहरु, स्वाठी र सुनवललाई मिसाएर बनाइएको हो। नेपालको राष्ट्रिय राजनीतिक परिवर्तन पछि, विक्रम सम्बत २०७३ साल फाल्गुन २७ मा नवलपरासी जिल्लाको रामनगर क्षेत्र र साबिक धुर्कोट गा.वि.स. को ६ नम्बर वडा समेत सामेल गरि नगरपालिकाको क्षेत्र विस्तार गरिएको छ। यस सुधार पछि नगरपालिका समुद्र सतह बाट १३८ देखि १०२३ मीटर माथि र १३९.१० वर्ग किलोमीटरको क्षेत्रफलमा फैलिएको छ। यस नगरपालिका भित्र ६८,०८२ जनसंख्या (राष्ट्रीय जनगणना २०६८) र १२,६५९ घरहरु फैलिएका छन | सुनवल नगरपालिकाले वि.स. २०७७ मा स्थानीय स्तरमा गरेको गणना अनुसार यस नगरपालिका भित्र १५००० घरधुरी र करिब ...

सबै हेर्नुहोस

  • विमला अर्याल

    नगर प्रमुख
    9857048102
    [email protected]

  • सूर्य प्रसाद दुबे

    उप– प्रमुख
    ९८५७०४८१०३
    [email protected]

  • कृष्ण प्रसाद बगाले

    प्रवक्ता
    9847287481

  • विष्णु प्रसाद गोतामे

    प्रमुख प्रशासकीय अधिकृत
    ९८५७६३८१११

  • मोहन राज ज्ञवाली

    सूचना अधिकारी
    ९८५७०४५६५४
    [email protected]